हाम्रो राजा हाम्रो देश

मलाई हिजो राजा हुँदा कुनै समस्या थियेन, न कुनै असुरक्षा नै महसुस हुन्थ्यो, समस्या थियो त बस ती नेताहरुलाई जो सत्ता, पावर अनि पोजिसन चाहन्थे, राजा हुन्जेल उनीहरुको सपनाहरू पुरा हुने थियेन, तसैले निर्मम्ता पुर्बक राज परिवार को हत्याको मास्टर प्लान गरियो तर उनीहरुको योजना फेल भयो किनकी ग्यानेन्द्र सरकार को सम्पुर्ण परिवार सुरक्षित बच्यो, मानिस हरुलाइ लाग्छ हत्या ज्ञानेन्द्र सरकार या पारस सरकार लेगरेको हो भन्ने तर यो सब, हाम्रा बिकाउ नेता अनि भारतीय दलाल हरुले गरेका हुन।

जब देश कब्जा गर्ने धोको पुरा भएन अनि अर्को उपाय लोकतान्त्रिक गणतन्त्र को मिठा मिठा सपना जनतालाई बेच्नथाले, हामी सोझो जनता साच्चै नै के के नहोला भनेर पत्याउनु बाध्य भएकाहौं । आज देश गणतन्त्र को माला भिरेको १० बर्ष पुगेको छ, आज सम्म देशले निकास पाउन सकेको छैन किनकी नेताकार्यकर्ता हरुको भागबन्डा पुगेको छैन जब सम्म त्यो भगबन्डा पुरा हुदैन हाम्रो देस येस्तैहो, देश म निर्मला पन्ति जस्ता ले कहिले न्याय पाउदैनन, गोरे डोन जस्ता मान्छे जैल भित्रै मर्छन किनकि देश चलाउन लागेको नेता मन्त्री भनौदा हरुनै देसका सबैभन्दा ठुला दुश्मन हुन। जबसम्म यो देस्मा ती दुस्मन हरु लाई तह लगाउने मान्छे आउदैन तब सम्म हाम्रो देश ले निकास पाउदैन.

Leave a Reply

Your email address will not be published. Required fields are marked *